चाँदनी रात, शायद उता, माहोल होलीको
तिमी र हामी, अबिर रंग, उबेला खेलेको
सोच्दैछु यहाँ, आकाश हेरी, आजको पूर्णिमा रात
आउँदा घर, छुटेका पर्व, मनाउँला एकै साथ ।
गरेर दुःख, अरु केही दिन, बिरानो ठाउँमा
भोलीका दिन, सुनौला होलान्, बसौला घरैमा
यतिका वर्ष, परदेश बसाई, दुःख मात्र छैन नि
सुखका पल, नयाँ सिकाई, फरक संस्कृति ।
आउँदा घर, थुप्रै कहानी र व्यथा सुनाउछु
अहिले यता रात पर्न लाग्यो भो अब निदाउँछु
छोरा र छोरी निदाए होलान् दिनभरको थकान
तिमी नी सुत्नु, राम्ररी बस्नु, बातमारुला बिहान ।।।
Comments
Post a Comment