छ हप्ता त हो नि भन्छु म
छ - छ हप्ता ? भन्छौ तिमी
शब्द मात्र होइन रैछ
कसैलाई छोटो, त कसैलाई भयानक लामो
सापेक्ष समय, मनुष्य मात्र पात्र, मेरो पालो, तिम्राे पालो, हाम्रो पालो अभिनयको, अनि नेपथ्यमा बिलाउने । पालो कुर्ने र पुन: छ हप्ताकाे चक्रमा लामबद्ध हुने ।
फेरि तिमी भन्छौ - छ छ हप्ता?
विती त हाल्छ, म भन्छु ।
हो ! छ हप्ता त के , छ वर्ष पनि बित्छ, तर के म पर्खन मात्र हो मेरो समय? तिमी सोध्छौ ।
न म सँग उत्तर छ, न त म संग समाधान नै ।
अनि मेरो प्रति प्रश्न तिमीलाई, के तिमी म मा दार्शनिक देख्छौ? म जिवनको परिभाषा जान्दिन , र जिवनको मार्गदर्शन मेरो विज्ञताको विषय होइन् । बस्, म यति कुरा जान्दछु, म हरेक छ हप्तामा प्रकट हुने र हप्तादिनमा विलय हुने म "ओ मान्छे" । 😍
Comments
Post a Comment