सानाे ठाउँ, कम सुविधा, त्यस माथि अहिलेको बिग्रँदो सुरक्षा अवस्थाको कारण इन्टरनेट छैन । बिजुली काटिएको छ - सरकार भन्छ मर्मत हुँदैछ , तर जनता विश्वास गर्ने पक्षमा छैन । यी समसमाहिक विषयलाई मध्येनजर गर्दै म आजको दिउँसोको कफी खान हिँडे ।
खाना खाना अनि कफी पसलमा समय रोकिन्छ । कसैलाई हतारो छैन - किन हुनु पर्यो त ? विद्यालय बन्द छन् । सबै व्यापार प्रायः ठप्प छन् । निर्माण कार्य बन्द छ । कफी पसलमा युवाको ठूलो जमात देखिन्छ । यता मेरो होटलमा पनि दिउँसै मादकपदार्थ खानेको हुल छ - मोबाइल त चार्ज गर्नु पर्यो - सहरमा बिजुली छैन, मात्र ठूला होटलमा केहि घण्टा जेनेरेटर बालिन्छ । म कफी खान बसे । मेरो पालो, मैले पनि समय रोकिदिए । अनि कडा कफीको स्वाद लिँदै एकछिन आरामले बसे ।
Comments
Post a Comment