ज्ञात अज्ञात सम्पूर्ण गुरुजनको आभार । आज गुरू पूर्णिमा - पहिलो गुरू, माता पिता देखि परिवारजन अनि विद्यालयका औपचारिक गुरुजन प्रति आदर प्रकट गर्दै नमन ।
साथै जिवनको गोरेटो सँगै बाटोमा भेट भएका अनगिन्ति गुरुहरू प्रति पनि सादर धन्यवाद । आज म जे जस्तो छु , त्यसको श्रय यहाँहरु सबैलाई पनि जान्छ । मैंले गर्न नसकेका कामको अपजस म मा ।
अनि यो उकालो ओरालो ले पनि धेरै सिकायो । यसर्थ यो अदभुत अनुभव लाई पनि नमन । जिवनका केहि खराब अनुभवहरुलाई पनि अपनत्व दिँदै त्यसबाट शिक्षा लिदैछु , अनि सम्झन्छु, औपचारिक गुरुबर्गहरुलाई - उहाँहरुको मार्गदर्शनमा पूर्ण रूपमा लागेको भएँ केही अनावश्यक अनुभव (सिकाइ) काे समय बचत हुने थियो । र जिवनका मोडहरु कम वक्र र कम खल्टा खुल्टी हुने थिएँ । तथापि अझै धेरै सिक्नुछ , र धरै गुरूवर्ग भेटिनेछन् । भविष्यमा भेटिन बाँकी सम्पूर्ण गुरुबर्गलाई पनि अहिलेदेखि भावपूर्ण नमन ।
गुरू भगवान हुन् ।
Comments
Post a Comment